बंगालको शिक्षा प्रतिष्ठानहरूमा गर्मीको विदा दिइने निर्णयको आपत्ति, सिलगढीका विधायकद्वारा शिक्षा विभागलाई ज्ञापन

सिलगढी : गर्मीको मौसममा उत्तर बंगालको शिक्षा प्रतिष्ठानहरू खुल्ला राख्नुपर्ने माग गर्दै सिलगढीका विधायक शङ्कर घोषले जिल्ला विद्यालय परिदर्शकलाई ज्ञापन पत्र चढाए। बङ्गालको विशेष गरेर दक्षिणी भाग क्षेत्रहरूमा हाल प्रचण्ड गर्मी रहेकोले यसलाई ध्यानमा राखेर राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार शिक्षा विभागले आगामी 2 मईदेखि राज्यको सबै स्कुल, कलेज तथा विश्वविद्यालयहरूमा गर्मीको विदा दिइने घोषणा गरेको छ। तथापि, दार्जिलिङको पहाडी क्षेत्र तथा कालेबुङलाई यसमा समावेश गरिएको छैन। राज्य सरकारको उक्त घोषणाको सिलगढीका भाजपा विधायक शङ्कर घोषले आपत्ति जनाएका छन्। तिनको भनाइ अनुसार राज्यको दक्षिण बङ्गालमा मात्र अधिक गर्मी रहेकोले गर्दा यता उत्तर बंगालको स्कुल, कलेज लगायत शैक्षिक प्रतिष्ठानहरू खुल्ला राखिनुपर्छ। यसै विषयलाई लिएर तिनले आज जिल्ला विद्यालयका अधिकारी राजीव प्रामाणिकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। शङ्कर घोषले बताएअनुसार हाल उत्तर बंगालमा अधिक गर्मी नरहेकोले गर्दा पहाडी क्षेत्र लगायत यसको छेउछाउका सबै शिक्षा प्रतिष्ठानहरू खुल्ला राख्नुपर्ने किनभने दक्षिण बङ्गालमा झैँ यहाँ प्रचण्ड गर्मी भएको छैन। यसको साथै कोरोनाले गर्दा लगभग 2 वर्षसम्म सबै शिक्षा प्रतिष्ठानहरू बन्द रहेको थियो भने भर्खरै खोलिएको ती स्कुलहरू पुनः बन्द गरे विद्यार्थीहरू शिक्षा आर्जन गर्नदेखि वञ्चित रहनेछन्। राज्य सरकारले दक्षिण बङ्गालको स्थितिलाई लिएर यता उत्तर बङ्गालको सबै शिक्षा प्रतिष्ठानहरूलाई पनि बन्द राख्ने लिएको निर्णयलाई विधायक घोषले आपत्ति जनाएका छन्। यसैले राज्यको शिक्षा विभागले लिएको उक्त निर्णयलाई चाँडै रद्द गरेर उत्तर बङ्गालमा विशेष गरेर बिहानको समय सबै शैक्षिक प्रतिष्ठानहरू खुल्ला राखिनुपर्ने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes