बङ्गाललाई त्रिपुरा जस्तो नसम्झने मुख्यमन्त्री ममताको भाजपा-लाई चेताउनी

सिलगढी : उत्तर बंगाल भ्रमणमा आइपुगेकी ममता ब्यानर्जीले आज सिलगढीको बाघाजतीन पार्कमा आयोजित विजय सम्मेलनी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भाजपाको खोइरो खन्दै बङ्गाललाई त्रिपुरा जस्तो नसम्झने चेताउनी दिइन्। भाजपा शासित राज्यहरूमा विपक्षी दलकाहरूमाथि अत्याचार गरिरहेको भए तापनि बङ्गालमा सत्तारूढ तृणमूल सरकारले सबैसित एकै प्रकारको व्यवहार गरिरहेको ममता ब्यानर्जीले बताइन्। केन्द्रको भाजपा सरकारले बङ्गालभन्दा सानो तथा कम जनसङ्ख्या भएको राज्यहरूलाई अधिक सङ्ख्यामा कोरोनाको भ्याक्सिन उपलब्ध गराए तापनि बङ्गाललाई चाहिए जति भ्याक्सिन उपलब्ध नगराएको बताउँदै बङ्गाल सरकारले कम्पनीहरूबाट भ्याक्सिन किनेर साधारण मानिसहरूलाई उपलब्ध गराएको तिनले जनाइन्। यस कार्यक्रममा उत्तर बंगालका विभिन्न ठाउँहरूबाट पार्टीका शीर्ष नेताहरू लगायत केही विधायकहरू उपस्थित थिए। पहाडबाट एकमात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा उपस्थित थिए। यस अवसरमा गत दुर्गा पुजाको आयोजना गर्ने विभिन्न उत्कृष्ट पुजा कमिटीहरूलाई पनि पुरस्कृत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *