बंगालमा 30 सेप्टेम्बर विधानसभाको उपचुनाउ हुने

सिलगढी : पश्चिम बंगाल राज्यको विशेष निवेदन अनुसार चुनाउ आयोग कमिशनले बंगालमा विधानसभाको उपचुनाउ गर्ने घोषणा गरेको छ। उक्त उपचुनाउमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भवानीपुर आसनबाट विधानसभा चुनाउको निम्ति नामाङकन भर्ने सम्भावना रहेको बताइएको छ। विशेष सूत्रमार्फत् थाहा लागेअनुसार चुनाउ आयोग कमिशनले यसबारे 6 सेप्टेम्बरको दिन अधिसूचना जारी गर्ने भएको छ भने 13 सेप्टेम्बरसम्म नामाङ्कन पत्र बुझाउन सक्नेछन् अनि 16 सेप्टेम्बरसम्म प्रार्थीहरूले आफ्नो उम्मेद्वारिता फिर्ता लिन सक्नेछन् भने 30 सेप्टेम्बरको दिन चुनाउ सम्पन्न हुनेछ। यसैगरी, 3 अक्टोबरको दिन चुनाउ परिणाम घोषणा गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *