बङ्गालमा 8 चरणमा मतदान हुने, दार्जिलिङ, कालेबुङ र जलपाईगढीमा 17 अप्रेल मतदान हुने

सिलगढी : पश्चिम बङ्गालको विधानसभा चुनाउको मिति आज चुनाउ आयोग अधिकारीहरूले पत्रकार सम्मेलन गरेर घोषणा गर्यो। उक्त चुनाउ आयोगको घोषणा अनुसार पश्चिम बङ्गालमा मोठ 8 चरणमा चुनाउ कठोर सुरक्षा व्यवस्थाबिच सम्पन्न गरिनेछ। पहिलो चरणको मतदान 27 मार्चा, दोस्रो चरणको 1 अप्रेल, तेस्रो चरणको 6 अप्रेल, चौथो चरणको 10 अप्रेल, पाँचौँ चरणको 17 अप्रेल, छैटौँ चरणको 22 अप्रेल, सातौँ चरणको 26 अप्रेल र अन्तिम आठौँ चरणको मतदान 29 अप्रेलको दिन हुने भएको छ। यसैगरी, चुनाउ आयोगद्वारा गरिएको घोषणा अनुसार आगामी 2 मईको दिन चुनाउको मतगणना गरिनेछ। स्मरण रहोस्, दार्जिलिङ, कालेबुङ र जलपाईगढी जिल्लामा पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन मतदान सम्पन्न हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *