बंगालमा अविलम्ब राष्ट्रपति शासन लागू गरिनु पर्छ : भाजपा

दार्जिलिङ (निसं): उत्तर 24 परगना जिल्लाको सन्देशखालीमा टीएमसी नेताहरूले आदिवासी महिलाहरुमाथि गरेको अमानवीय बलात्कार र अत्याचारको घटनाले सिमा नाघेको भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले आरोप लगाएको छ। जारी विज्ञप्तिमा बताए अनुसार टीएमसीको जिल्ला परिषद सदस्य शेख शाहजहाहरू यस्तो घृणित र भत्सर्नापूर्ण काण्डमा मुछिएका छन्। महिला मुख्यमन्त्री भएको राज्यमा महिलाहरूमाथि भएको यस्तो शर्मानाक घटनाले राज्य र देशलाई नै लज्जित पारेको छ। अभियुक्तहरुलाई अविलम्ब पक्राउ गर्नुपर्ने हो। तर ममता सरकारले घटनालाई ढाकछोप गर्ने र अभियुक्तहरुलाई शरण दिने शर्मनाक खेल चलाइरहेको छ। हिज सन्देशखालीमा आर बंगलाको पत्रकारलाई पुलिसले पक्राउ गरेको घटनाको जानकारी गराउँदै वास्तविकता जनताले थाहा पाउने डरले ममताको पुलिसले पत्रकार समेतलाई पक्राउ गर्ने दुस्प्रयास गरेको छ। यो राज्य सरकारको गणतन्त्रमाथि सोझो हमला हो। ममता राजमा बंगालमा गणतन्त्र शेष् भएको छ। अविलम्ब पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउनुपर्छ भन्ने भाजपा दार्जिलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *