बङ्गालमा दिल्ली परिणामको घटना नदोहोरिने : दिलीप घोष

सिलगढी : बङ्गालमा दिल्लीको राजनीतिक घटना पुनः नदोहोरिने राज्यका भाजपा अध्यक्ष दिलीप घोषले आज बाघडुग्रा विमान अड्डा परिसरमा पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा यस प्रकारको मन्तव्य प्रकट गरेका छन्। यस अवसरमा तिनले बताएअनुसार आगामी चुनाउमा भाजपाले बङ्गालमा राम्रो परिणाम ल्याउने छ। बङ्गालमा भएको गत पल्टको चुनाउहरूमा भाजपाले राम्रो परिणाम ल्याएको दावी गर्दै आगामी चुनाउहरूमा पनि अझ यसभन्दा राम्रो परिणाम ल्याउने छ भनी तिनले बताए। दिल्लीमा आप सरकारले त्यहाँका मानिसहरूलाई विभिन्न सुविधाहरू उपलब्ध गराएकोले गर्दा नै आपको विजय भएको हो भन्नेबारे सोधिएको प्रश्नको जवाबमा यसलाई लिएर भाजपा केन्द्रीय नेतृत्वहरूले नै मन्थन गर्नुपर्ने साथै कतिपय कारणवश भाजपाले पराजयको मुख हेर्न परेको हो भनी बताए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *