बङ्गालमा एनआरसी र एनपीआर लागू हुन नदिने ममता ब्यानर्जीले पुनः दोहोर्‍याइन् कुचबिहारको जनसभामा

कुचबिहार : विधानसभा चुनाउको चौथो चरण अन्तर्गत कुचबिहारमा आगामी 10 अप्रेलको दिन मतदान हुने भएको छ। यसभन्दा अघि आज तृणमूल नेत्री ममता ब्यानर्जीले कुचबिहारको उत्तर तथा शीतलकुचीमा तृणमूल प्रार्थीहरूको समर्थनमा आयोजना गरिएको चुनावी जनसभालाई सम्बोधन गरिन्। जनसभालाई सम्बोधन गर्दै तिनले कुचबिहारमा तृणमूल सरकारले गरेको विकासमूलक कार्यहरूबारे अवगत गराइन्। यसको साथै तिनले केन्द्रको भाजपा सरकारको खोइरो खन्दै तिनले अर्ध सैनिक वाहिनीमाथि भरोसा नरहेको बताइन्। तिनले अर्ध सैनिक वाहिनीका जवानहरूविरुद्ध क्षोभ प्रकट गर्दै विभिन्न आरोपहरू लगाइन्। महिलाहरूले मतदान नगरोस् भन्ने उद्देश्य लिएर केन्द्रीय वाहिनीका जवानहरूले गाउँ-गाउँमा गएर मतदान गर्नमा बाधा सृष्टि गरिरहेको तिनले आरोप लगाइन्। कतिपय ठाउँहरूमा विशेष गरेर महिलाहरूले मतदान गर्न नसकोस् भन्ने उद्देश्य लिएर इभीएम मसिन समेत खराब गरिदिएको आरोप लगाउँदै तिनले महिलाहरूको भोटलाई लिएर भाजपा भयभीत बनेको बताइन्। यसको साथै भाजपाले राज्यका कतिपय ठाउँहरूमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूसित कुटपीट गर्नको साथै समर्थकहरूको हत्या समेत गरिरहेको तिनले गम्भीर आरोप लगाइन्। बङ्गालमा हालसम्म तीन चरणको मतदान भइसकेको छ भने तीन चरणको मतदानमा भाजपाका उम्मेद्वारहरू तृणमूलको तुलनामा धेरै पछि देखापरेको ममताले दावी गर्दै तृणमूलले लगातार तीन चरणको चुनाउमा राम्रो परिणाम ल्याइरहेको बताइन्। भाजपा सरकारको खोइरो खन्दै तिनले भनिन्, भाजपा सरकारले देशको सबै कुराहरू बिक्री गरिरहेको छ भने यदि अझ केही वर्ष शासन चलायो भने देशलाई नै बिक्री गरिदिनेछ। भाजपाले धर्मको नाममा राजनीति गरिरहेको आरोप लगाउँदै बङ्गालमा आफू रहुञ्जेलसम्म एनआरसी र एनपीआर जस्ता कानुन लागू गर्न नदिने ठोकुवा गरिन्। बङ्गालका सबै मानिसहरू नै देशका नागरिक हुन् भनी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes