बंगाल र केरलाबाट अलकायदाका 9 जना आतंकवादी पक्राउ 

कोलकाता : राष्ट्रीय जाँच एजेन्सी (एनआईए) ले पश्चिम बंगाल अनि केरलाबाट मोठ 9 जना आतंकवादी आज पक्राउ गरेको छ। तिनीहरूमध्ये 6 जना पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाबाट पक्रा परेका हुन्। प्राथमिक जाँच अनुसार यी पक्रा पर्ने व्यक्तिहरूलाई सोशल मीडिया मार्फत पाकिस्तान स्थित अलकायदा आतंकवादीले कट्टरपन्थी बनाएका थिए। पक्रा पर्ने 9 आतंकवादीहरूमा लियु ईन अहमद, अबु सूफियान, नजमुक शाकिब, मैनुल मण्डल, अल मैमुन कमाल र अतीतुर रहमान पश्चिम बंगालबाट अनि मोसारफ हुसैन, याकूब विश्वास र मुर्शीद हसन केरलाको एर्नाकुलमबाट सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *