बंगाल सफारीमा चाँडै एडभेन्चर स्पोर्ट शुरू गरिने, आज गरियो ट्रायल रन

सिलगढी : पर्यटकहरूलाई अझ आकर्षित गर्ने उद्देश्य लिएर बंगाल सफारी प्रबन्धनले पार्कभित्र एडभेन्चर स्पोर्ट्सको शुरुआत गर्ने भएको छ। यस एडभेन्चर स्पोर्ट्स अन्तर्गत बंगाल सफारी पार्कमा घुम्न आउने पर्यटकहरूले जीव-जन्तुहरूलाई हेर्नको साथै जिप लाइन र बर्मा ब्रिजमा हिँडेर एडभेन्चरको आनन्द उठाउन सक्नेछन्। जिपलाइन र बर्मा ब्रिजको काम लगभग समाप्त भएपछि आज यसको ट्रायल रन गर्नको साथै बंगाल सफारीका कर्मीहरूलाई ट्रायल रनको माध्यमद्वारा प्रशिक्षण पनि गराइयो। आगामी केही दिनमा पर्यटकहरूले यस एडभेन्चर स्पोर्ट्सको आनन्द उठाउन सक्नेछन् भने यसको लागि बंगाल सफारी पार्कमा अलग्गै टिकटको व्यवस्था गरिएको छ। बंगाल सफारी प्रबन्धन अनुसार यस एडभेन्चर स्पोर्ट्स अन्तर्गत जिपलाइन र बर्मा ब्रिजको निर्माण गर्नमा लगभग 3 लाख रुपियाँ खर्च भएको छ। बंगाल सफारी पार्कमा एउटा 75 मीटर र 56 मीटरको सर्ट जिपलाइन बनाइएको छ। यसको साथै बंगाल सफारी पार्कमा एडभेन्चर स्पोर्ट्स अन्तर्गत 25 मीटर र 400 मीटरको बर्मा ब्रिज निर्माण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *