बंगाल सफारी पार्कको छैटौँ वर्षगाँठ पालन

सिलगढी : ठिक 6 वर्षअघि आजकै दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगालका मानिसहरूलाई बंगाल सफारी पार्क उपहार दिएकी थिइन्। आजकै दिन 21 जनवरी 2016 मा मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी सहर संलग्न पाँच माइलस्थित बंगाल सफारी पार्कको उद्घाटन गरेकी थिइन्। उक्त बंगाल सफारी पार्क लगभग 700 एकड़भन्दा अधिक इलाकामा फैलिएको छ। तथापि, कोरोना महामारीले गर्दा हाल उक्त पार्क बन्द राखिएको छ। तर आज कोरोना सम्बन्धि सबै नियमहरू पालन गर्दै पार्कमा छैटौँ वर्षगाँठ मनाइयो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उज्जवल घोष आईएफएस एडिशनल नर्थ बंगाल, आई एफएस राजेन्द्र  झावर लगायत सिलगढीका एसडीओ, आईजी ओबी, भारतीय सेनाका अधिकारी, केही प्रशासनिक अधिकारीहरू उपस्थित थिए। कार्यक्रमको शुरुआतमा दीप प्रज्ज्वलन गरेर सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *