बङ्गाल सफारी पार्कमा आजदेखि पर्यटकहरूको लागि छोडियो शीलाको 3 वटा शावक

सिलगढी: सिलगढीको सालुगढा स्थित बङ्गाल सफारी पार्कको पाँचौँ स्थापना दिवसको अवसरमा आज यहाँ घुम्न आउने मानिसहरूको मनोरञ्जनको लागि रोयल बेङ्गल टाइगर शीलाको तीनवटा शावकलाई छोडिदिएको छ। यस अवसरमा वन विभागका अधिकारीहरू पनि बङ्गाल सफारी पार्कमा उपस्थित थिए। आज बिहान 10 बजी यी 3 वटा शावकलाई पर्यटकहरूको मनोरञ्जन गर्न केही समयको लागि छोडिदिएको बताइएको छ। आगामी दिनहरूमा विस्तारै-विस्तारै ती शावकहरू जङ्गलमा घुम्न-डुल्न सिकेपछि पर्यटकहरूको लागि दिनभरि छोडिने भएको छ। यसको साथै पार्कमा आज एउटा फिसिङ क्याट र एउटा ल्यापड क्याट पनि पर्यटकहरूको मनोरञ्जनको लागि छोडिएको छ। स्मरण रहोस्, रोयल बेङ्गल टाइगर शीलाले गत अगस्त महिनामा 3 वटा शावकलाई जन्म दिएको थियो। आज 5 महिनापछि ती शावकहरूलाई पार्कको जङ्गलमा छोडिदिएको छ भने हालसम्म तिनीहरूको नामकरण नभएको तर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले नामकरण गर्नसक्ने पार्क सूत्रले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *