बङ्गाल सफारी पार्कमा अलेक्साको मृत्यु

सिलगढी : बङ्गाल सफारी पार्कमा अष्ट्रेलियाको काङ्गारू अलेक्साको मृत्यु भएको छ। पार्क सूत्रले दिएको जानकारीअनुसार अलेक्सा बिरामी थियो। बङ्गाल सफारी पार्कमै अब अलेक्साको पोस्टमार्टम पनि गरिने भएको छ। बङ्गाल सफारी पार्कका डाइरेक्टर दावा शेर्पाले बताएअनुसार के कारणले गर्दा उक्त काङ्गारू मरेको हो भन्ने विषयमा हाल केही भन्न सम्भव छैन। पोस्टमार्टमपछि नै मृत्युको सटीक कारण थाहा लाग्नेछ। यस विषयमा राज्यका वनमन्त्री ज्योतिप्रिय मल्लिकले भने, के कारणले गर्दा काङ्गारूको मरेको हो भन्ने विषयमा जाँच गरिनेछ। स्मरण रहोस्, केही महिना अघि तस्करी गर्न अगावै 2 वटा काङ्गारू उद्धार भएको थियो। यसपछि उक्त काङ्गारूलाई बेङ्गल सफारी पार्कमा राखिएको थियो। ती दुईवटा काङ्गारूको नामकरण गरेर अलेक्सा र जेभियार राखिएको थियो। अलेक्साको मृत्यु भए तापनि हाल जेभियार स्वस्थ रहेको पार्क सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *