बंगाल सफारी पार्कमा पर्यटकहरूको लागि उपहार नयाँ वेटिङ रूम र क्यान्टिन

सिलगढी : दुर्गा पूजाको ठीक अघि सिलगढीको बंगाल सफारी पार्कमा पर्यटकहरूको लागि राज्य सरकारद्वारा उपहार स्वरूप नयाँ वेटिङ रूम अनि क्यान्टिन प्रदान गरेको छ। उक्त नयाँ वेटिङ रूम अनि क्यान्टिनको आज पर्यटन मन्त्री गौतम देवले विधिवत् उद्घाटन गरे। बंगाल सफारी पार्कमा यो भन्दा अघि एउटा मात्र क्यान्टिन थियो भने यो दोस्रो क्यान्टिन तयार गरेर सूर्या पार्कमा अगावैदेखि क्यान्टिन चलाउनेहरूलाई जिम्मा दिएको छ।अर्कोतिर, बंगाल सफारी पार्कमा घुम्न आउनेहरूलाई बस्न सुविधाको लागि एउटा वेटिङ रूम पनि तार गरिएको छ, जसमा 30 जना मानिसहरू बस्न सक्ने क्षमता रहेको छ। नयाँ वेटिङ रूम अनि क्यान्टिन 20 लाख रूपियाको लागतमा तयार गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *