बङ्गाल सफारी पार्कमा पर्यटकहरूले अब काङ्गरू हेर्न पाउने

सिलगढी : बेङ्गल सफारी पार्कमा घुम्न आउने पर्यटकहरूले अब काङ्गरू हेर्न पाउनेछन्। गत केही महिना अघि उद्धार गरिएको काङ्गरूहरू अब पार्कमा घुम्न आउने पर्यटकहरूले देख्न सक्ने पार्क कर्तृपक्षले निर्णय लिएको छ भने यसले गर्दा पार्कको आकर्षण अझ बढ्ने कुरामा पनि पार्क कर्तृपक्ष आशावादी छन्। स्मरण रहोस्, गत 1 अप्रेलको दिन सिलगढी संलग्न बैकुण्ठपुर डिभीजनको गजोलडोबा र फाराबारीबाट 3 वटा काङ्गारूको बच्चा उद्धार भएको थियो। उक्त काङ्गरूको बच्चाहरूको बङ्गाल सफारी पार्कमा उपचार चलिरहेको थियो भने तीमध्ये एउटा काङ्गरूको केही दिन अघि मृत्यु भएको थियो। अन्य दुईवटा काङ्गरूको बच्चालाई पार्क कर्तृपक्षको निगरानीमा एनक्लोजरमा राखेको थियो। हाल ती दुईवटा बच्चाहरू स्वस्थ भएपछि पर्यटकहरूले पार्कमा उक्त काङ्गरूलाई हेर्न पाउनेछन्। यसको लागि टिकट पनि तय गरिएको छ। उक्त दुईवटा काङ्गरूको बच्चाहरू हाल यहाँको वातावरणको हिसाबले अनुकूल भएको पार्क कर्तृपक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *