बंगाल सरकार अनि विधानसभामा गाउँको समस्या राखिदिने सामाजिक कार्यकर्ता भुवन पी. खनालको अनुरोध

कालेबुङ : गाउँ पीड़ामा छ, खासमहलका जनताको पीड़ा नगरमा बस्नेहरूले अनुभव गर्नसकेका छैनन्। गाउँ दिनरात दुखिरहेको छ। न्याय नपाएर गाउँ पीडित छ तर पीड़ित गाउँको निम्ति बोलिदिने प्रतिनिधि छैनन्। उक्त विचार आज सामाजिक कार्यकर्ता भुवन पी. खनालले व्यक्त गर्दै गाउँलाई न्याय दिनु हो भने छिटो पञ्चायत चुनाउ गराउनुपर्ने माग गरेका छन्। एउटै देशको नागरिक भएर पनि देशका अरू गाउँहरूले पाइरहेको सुविधा दार्जीलिङ पहाड़का खासमहल क्षेत्रका मानिसहरूले नपाएको दुखेसो व्यक्त गर्दै राज्यभित्र समान अधिकारको कुरो गरिन्छ तर जीटीए क्षेत्रका गाउँहरू आज हुनसम्मको दुःख झेलेर बस्नुपर्ने अवस्थामा छन् भन्दै सामाजिक कार्यकर्ता भुवन पी.खनालले भने एक कान्ला मास्तिर नगरपालिका क्षेत्रमा बसोबासो गर्ने मानिसले हरेक सुविधा पाउँदा एक कान्ला मुन्तिर बस्ने खासमहलका जनता सधैँ अभाव, अपुग र पीड़ामा बाँच्नुपरिरहेको छ। एकै देशका नागरिकमाथि यो कस्तो न्याय हो? प्रश्न गर्दै खनालले खासमहल क्षेत्रलाई पनि सरकारले समान अधिकार दिन चाहन्छ भने शीघ्र पञ्चायत चुनाउ गराउनुपर्छ – भने। पञ्चायत चुनाउ नभएको कारण खासमहल अहिले टेक्ने न समाउने अवस्थामा छ। पञ्चायत क्षेत्रका वासिन्दाहरू सरकारी योजनाहरूबाट वञ्चित छन्। केन्द्र र राज्य सरकारद्वारा दिने आवास योजनाको एउटै पनि काम गाउँमा भएको छैन। जबकि सबैभन्दा धेर गरीब परिवार गाउँमा नै छन्। गरीब मानिसहरू चुहुने घरमा बिचल्नी परेर बसिरहेका छन्। वर्षायाममा भल पैह्रोले धेरै क्षति पुर्याएको छ। तर पर्याप्त तारपोलिनसम्म गाउँमा उपलब्ध छैन। नगरपालिका क्षेत्रमा सयौं आवास योजना अन्तर्गत घरहरू बनिन्छन् तर गाउँमा एउटै पनि गरीबको घर बनिँदैन। दुई चारवटा भएकै मनरेगा-को काममा पनि व्यापक अनियमितता छ। हुनुपर्ने ठाउँमा काम भएको छैन। मनमानी र आफूखुशीमा यस्ता कामहरू भइरहेका छन्। जनताको मत र भावनाको कुनै कदर छैन। निर्वाचित सदस्य, उपप्रधान, र प्रधान पञ्चायतमा नभएको कारण जनताको आवाज सुनिदिने कोही छैन। यस्तो अवस्था छ गाउँको। नगरपालिकामा सयौं योजनाहरू आएको खबर गाउँले सुन्छ तर सुनेर नै सन्तोक गर्नुपर्ने अवस्थामा छ गाउँ। पहाड़का गाउँहरूको यस्तो दुख्दो पीड़ादायक अवस्थामा राजनीतिदेखि माथि उठेर गाउँ निर्माणका निम्ति अब जनप्रतिनिधिहरू बोलिदिनुपर्छ भन्दै सामाजिक कार्यकर्ता भुवन पी. खनालले दार्जीलिङका विधायक निरज जिम्बा, खरसाङका विधायक बीपी बजगाईं, कालेबुङका विधायक रूदेन सादा लेप्चालाई पश्चिम बंगाल सरकार अनि विधानसभामा गाउँको समस्या राखिदिने अनुरोध गरेका छन्। यसरी नै निर्वाचित सांसद राजु विष्ट अनि राज्यसभा मनोनित सांसद श्रीमती शान्ता छेत्रीलाई पनि केन्द्र सरकारसमक्ष यी समस्याहरू राखिदिन तिनले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes