बंगाल सरकारले जीटीए सचिव सुरेन्द्र गुप्तालाई दिए जीटीएको पदभार

कोलकत्ता: पश्चिम बंगाल सरकारले जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेशन (बीओए) लाई हटाइएको छ भने तिनको बद्ली जीटीएका प्रमुख सचिव सुरेन्द्र गुप्ताले अब जीटीएको पदभार सम्हाल्ने छन्। यस सम्बन्धमा राज्य सरकारले आज एउटा अधिसूचना जारी गरेको छ।


उल्लेखनीय छ, चुनाउ आचार संहिताका कारण जीटीएको बीओए-लाई चुनाउ अवधिसम्मको लागि हटाइने अघिबाटै सम्भावना रहेको थियो। केही दिनअघि मात्र मुख्य चुनाउ आयुक्त सुनिल अरोड़ाले पनि जीटीए बीओए-लाई भङ्ग गर्ने सङ्केत दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *