ब्याङडुबी फरेस्टबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : सिलगढी सहर संलग्न ब्याङडुबी फरेस्टबाट अज्ञात व्यक्तिको शव उद्धार भएको छ। घटनाको खबर पाएर बाघडुग्रा रेञ्जका वन कर्मी तथा बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त शव लगभग 3 देखि 4 दिन पुरानो हुनसक्ने पुलिसले अनुमान लगाएको छ। उक्त घटनाको छानबीन गर्नको लागि सिलगढी पुलिस कमिश्नरेटका अधिकारी कुंवर भूषण सिंह, बाघडुग्रा थानाका ओसी महेश सिंह तथा बाघडुग्रा फरेस्ट रेञ्जका रेञ्जर समीरण राज घटनास्थलमा पुगे। पुलिस तथा वन विभागले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *