बन्द घरभित्रबाट ब्याङ्क कर्मचारीको शव उद्धार, जाँचमा जुट्यो पुलिस

कुचबिहार (निसं): माथाभांगा सहरको 6 नम्बर वार्डमा बन्द घरभित्रबाट एकजना निजी ब्याङ्क कर्मचारीको शव उद्धार गरिएको छ। मृतक उत्पल सनोवाल, अरुणाचल प्रदेश निवासी थिए। प्राप्त जानकारी अनुसार आज बिहान छिमेकीहरूले उक्त घरबाट दुर्गन्ध आइरहेको थाहा पाएपछि कुनै पनि अप्रिय घटना भएको हुनसक्ने आशंकालाई ध्यानमा राखेर यसबारे पुलिसलाई तत्कालै जानकारी दिए। खबर पाएर माथाभांगा थानाको एसडीपीओ सुरजीत मण्डलसहित पुलिस वाहिनी घटनास्थलमा पुगेको थियो। पुलिसले घरको दैलो भत्काएर भित्र हेर्दा ब्याङ्क कर्मचारी मृत अवस्थामा भेट्टाए। तथापि तिनको कसरी मृत्यु भयो भन्ने बारे हालसम्म पत्तो लागेको छैन। जानकारी अनुसार उत्पल गत दुई वर्षदेखि माथाभांगास्थित एउटा ब्याङ्कमा कार्यरत थिए भने तिनी गत दुई दिनदेखि ब्याङ्कमा गएका थिएनन्। यसैबीच, आज बिहान बन्द घरबाट तिनको शव उद्धार गरेपछि पुलिसले घटनाको जाँच सुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes