बङ्ग्ला भाषा शहीद दिवसको अवसरमा सिलगढीमा शहीदहरूलाई श्रद्धाञ्जलि

सिलगढी : आज 21 फरवरी अन्तर्राष्ट्रिय बङ्ग्ला मातृभाषा दिवस हो। 1952 सालमा आजकै दिन मातृभाषाको माग गर्दै धेरैजना आन्दोलनकारीहरू पूर्व बङ्गालको पुलिसले चलाएको गोली लागेर शहीद भएका थिए। यसपछि प्रत्येक वर्ष आजकै दिनलाई भाषा शहीद दिवसको रूपमा पालन गर्दै आइरहेको छ। बङ्ग्लादेश र पश्चिम बङ्गालमा विशेष रूपमा उक्त दिन पालन गर्ने गरिन्छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढीको बाघाजतीन पार्कमा आज विभिन्न कार्यक्रमको साथमा शहीद वेदीमा सिलगढीका भावी मेयर गौतम देवले श्रद्धाञ्जलि अर्पण गरे।


यसबाहेक सिलगढी नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया लगायत अन्य शीर्ष व्यक्तिहरूले शहीद वेदीमा श्रद्धा सुमन अर्पण गरे। यस अवसरमा गौतम देवले भने, सिलगढी सहरलाई भविष्यमा सबैको अभिज्ञतालाई उपयोग गरेर सांस्कृतिक सहरको रूपमा विकसित गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *