बङ्ग्ला सिनेमाका चर्चित नायक तापस पालको निधन

कोलकाता : बङ्ग्ला सिनेमा जगतका चर्चित नायक तथा पूर्व तृणमूल कांग्रेसका सांसद तापस पालको 61 वर्षको उमेरमा निधन भयो। प्राप्त जानकारीअनुसार मुम्बईबाट कोलकाता फर्किरहेको समय अचानक मुम्बई विमानअड्डामा नै अस्वस्थ्य भएपछि तिनलाई उपचारको निम्ति तत्कालै मुम्बईस्थित एउटा निजी नर्सिङ होममा लगिएको थियो। उपचाराधीन अवस्थामा नै गत अबेर राति तिनको मृत्यु भएको बताइएको छ। तिनी गत दुई वर्ष अघिदेखि नै मुटुको रोगले पीडित थिए। तिनको निधनपछि बङ्ग्ला सिनेमा रङ्ग कर्मीहरूले गहिरो शोक प्रकट गरेका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *