बङ्ग्लादेशबाट आएका तेस्रो लिङ्गीहरूविरुद्ध कठोर व्यवस्था अप्नाउनुपर्ने मागमा गृहमन्त्रीलाई ज्ञापन चढाइने

सिलगढी :  बङ्ग्लादेशबाट अवैध रूपमा भारतमा आएका तेस्रो लिङ्गीहरूविरुद्ध कठोर व्यवस्था अप्नाउनुपर्ने माग गर्दै भारतीय तेस्रो लिङ्गीहरूले गृहमन्त्री अमित शाहलाई पत्राचार गर्ने भएका छन्। सर्वोच्च अदालतले तिनीहरूलाई देशमा तेस्रो लिङ्गीको रूपमा मान्यता दिए तापनि बङ्ग्लादेशी तेस्रो लिङ्गीहरू यहाँ आएकोले गर्दा तिनीहरूलाई निक्कै समस्या भइरहेको भारतीय तेस्रो लिङ्गी पिङ्की, काजोलको आरोप रहेको छ। यस सम्बन्धमा पुलिसलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि बाध्य भएर दार्जिलिङ, जलपाईगढी, कुचबिहा, अलिपुरद्वारका लगभग 5 सयभन्दा अधिक तेस्रो लिङ्गीहरूले आज संयुक्त रूपमा गृहमन्त्री अमित शाहलाई ज्ञापन चढाउने भएको बताइएको छ। सिलगढीको रेलवे इन्टिट्युट मैदानमा आज गृहमन्त्री अमित शाहले जनसभामा अंश ग्रहण गर्नेबारे थाहा पाएपछि नै आफूहरूको समस्यालाई लिएर तिनलाई ज्ञापन पत्र चढाउने निर्णय लिएको तेस्रो लिङ्गीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *