बङ्ग्लादेशबाट भारत प्रवेश गर्ने युवती पक्राउ

कुचबिहार : प्रेम सम्बन्धमा परेर बङ्ग्लादेश निवासी एउटी युवती भारतमा प्रवेश गरिरहेको समय बीएसएफका जवानहरूले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार बङ्ग्लादेश निवासी युवतीको कुचबिहारको तुफानगञ्ज निवासी युवकसित प्रेम सम्बन्ध बसेपछि तिनी बङ्ग्लादेशबाट दीघलटरी सिमाना हुँदै भारत प्रवेश गरिरहेको समय बीएसएफ 129 नम्बर बटालियनका जवानहरूले पक्राउ गरेपछि साहेबगञ्ज थाना पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा परेका युवतीले बताएअनुसार कुचबिहार जिल्लाको तुफानगञ्ज निवासी एकजना युवकसित तिनको प्रेम सम्बन्ध रहेकोले गर्दा तिनी बङ्ग्लादेशबाट भारत प्रवेश गरेको हो। त्यहीँ समय बीएसएफका जवानहरूले तिनलाई पक्राउ गरेको बताइएको  छ। पक्रा परेकी युवतीलाई आज दिनहाटा अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *