बङ्ग्लादेश घटनाको प्रतिवादमा सिलगढी इस्कनको तर्फबाट निकालिइयो र्‍याली

सिलगढी : गत केही दिन अघि बङ्ग्लादेशको इस्कन मन्दिरमा हमला, दुर्गा मन्दिरमा तोड़फोड़ भएको घटनाको प्रतिवाद जनाउँदै आज सिलगढीको इस्कन मन्दिरको तर्फबाट एउटा र्‍यालीको आयोजना गरियो। सिलगढीको इस्कन मन्दिर प्राङ्गणबाट कालो मास्क लगाएर शान्तिपूर्ण प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। इस्कन मन्दिरका सभापति अखिल आत्माप्रिय दासले बताएअनुसार बङ्ग्लादेशी हिन्दूहरूमाथि अत्याचार गरिएको थियो। यसको प्रतिवाद जनाउँदै तिनीहरूको सुरक्षाको लागि महाप्रभू सङ्कीर्तन आन्दोलन गरिएको साथै घटनाको आरोपीहरूलाई कार्वाही गरिनुपर्ने तिनले माग गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *