बङ्ग्लादेशी गाई-गोरू तस्करलाई आश्रय दिएको आरोपमा युवक पक्राउ

फाँसीदेवा : बङ्ग्लादेशी गाई-गोरू तस्करलाई आश्रय दिएको आरोपमा पुलिसले फाँसीदेवाको एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मोहम्मद तारिबुद्दीनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार 1 सेप्टेम्बरमा फाँसीदेवा पुलिसले गाई-गोरू तस्करसित संलग्न रहेका बङ्ग्लादेशी युवक नयन अलीलाई पक्राउ गरेको थियो। आरोपी युवकलाई अदालतमा पेश गरेपछि 7 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गरेपछि केही तथ्यहरू अघि आएको छ। यसपछि पुलिसले बङ्ग्लादेशी युवकलाई आश्रय दिएको आरोपमा फाँसीदेवा निवासी मोहम्मद तारिबुद्दीनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *