बाङ्ग्लादेशका हाई कमिश्नरले हल्दीबाड़ी-चिल्हाटी रेलवेको गरे निरीक्षण

जलपाईगढी : बाङ्ग्लादेशका हाई कमिश्नर मोहम्मद इमरान र तिनका सचिव जाकिर अहमद आज हल्दीबाड़ी-चिल्हाटी रेलवे लगायत सीमा क्षेत्रको निरीक्षण गर्न हल्दीबाड़ी आइपुगे। आज दिउँसो हल्दीबाड़ी आइपुगेपछि तिनीहरूले यहाँको रेलवे स्टेशनको कार्यको निरीक्षण गरे। यसपछि रेलवे ट्रलीको माध्यमद्वारा सीमामा पुगेर दुवै देशका अधिकारीहरूसित एउटा बैठक पनि गरे।


यस अवसरमा कमिश्नरकी स्वास्नी जकिया हसनद, बीएसएफका डीआईजी (जी) राजीव रञ्जन शर्मा लगायत अन्य अधिकारीहरू उपस्थित थिए। यसपछि बाङ्ग्लादेशबाट विशेष ट्रेनको माध्यमद्वारा चिल्हाटी स्टेशनतर्फ प्रस्थान गरे। तिनी साँझ यहीँ सडक भएर हल्दीबाड़ी फर्किने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *