बङ्ग्लादेशको विजय दिवसको उपलक्ष्यमा फुलबारी सिमानामा बीएसएफ र बीजीबी-को रिट्रिट कार्यक्रमको आयोजना

फुलबारी: फुलबारी सिमानामा बीएसएफ र बर्डर गार्ड अफ् बङ्ग्लादेश (बीजीबी)-को रिट्रिट कार्यक्रमको आयोजना गरियो। बङ्ग्लादेशको विजय दिवसको 52औँ वर्षगाँठको अवसरमा आज बीएसएफ र बीजीबीका जवानहरूले संयुक्त रूपमा भारत-बङ्ग्लादेश सीमाको जीरो पोइन्टमा रिट्रिट कार्यक्रमको आयोजना गर्यो। 2018 सालमा फुलबारीको भारत-बङ्ग्लादेश सिमाना चेकपोस्टमा दुवै देशका सीमा रक्षकहरूको संयुक्त परेड सुरु भयो। यस वर्ष बङ्ग्लादेश स्वतन्त्र भएको 52औँ वर्ष हो। युद्धमा धेरैजना भारतीय सैनिकहरू सहिद भएका थिए। तबदेखि बङ्ग्लादेश सँगसँगै भारत सरकारले पनि आजको दिनलाई विजय दिवसको रूपमा पालन गर्नको साथै दुई देशबीच शुभकामना आदान-प्रदान गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *