बङ्ग्लादेशको घटनाको प्रतिवाद जनाउँदै सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : भारतको छिमेकी देश बङ्ग्लादेशको नोआखाली इलाकास्थित इस्कन मन्दिरमा हमला, तोड़फोड़, मूर्ति जलाइदिनको साथै रुपियाँ लुटपाट तथा दुईजना भक्तको निर्ममतापूर्वत हत्या गरेको प्रतिवादमा विश्व लगायत देशभरिमै यसको विरोध भइरहेको छ। सिलगढीको विश्व हिन्दू परिषद, बजरङ्ग दल लगायत विभिन्न हिन्दू संगठनहरूले आज बङ्गलादेशको उक्त घटनाको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गर्यो।


आज सिलगढीको भेनस मोड़बाट घटनाको प्रतिवाद जनाउँदै एउटा र्‍यालीको माध्यमद्वारा एसडीओ कार्यालय पुगेर विरोध प्रदर्शन गर्नको साथै एसडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। दुर्गा माताको प्रतिमा तोड़फोड़, साधु सन्तहरूमाथि हमला भएको घटनालाई लिएर विश्व हिन्दू परिषद, विभिन्न हिन्दू संगठनहरूले बङ्गलादेश सरकारको निन्दा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *