बङ्ग्लादेश तस्करी हुन अगावै 5 केजी गाँजा उद्धार

राजगञ्ज : बङ्ग्लादेशमा तस्करी गर्न अगावै बीएसएफ-ले 5 केजी गाँजा उद्धार गरे तापनि हालसम्म कसैलाई पक्राउ गरेको छैन। बीएसएफ सूत्रले दिएको जानकारीअनुसार हिजो राति राजगञ्जको चाउलहाटी सिमानाको चावाई नदीमा एउटा केराको बोटले बनाएको नौकामा गाँजा बङ्ग्लादेश तस्करी गरिरहेको समय सीमा क्षेत्रमा ड्युटीमा खटेका बीएसएफ-को 195औँ बटालियनका जवानहरूले देखेपछि सन्देहको आधारमा नौकालाई रोकेर छानबीन गर्दा 5 केजी गाँजा  उद्धार गरेको बताइएको छ। बीएसएफ-ले उक्त उद्धार गरेको गाँजा राजगञ्ज थाना पुलिसलाई सुम्पिदिएपछि पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *