‘बाङ्ग्लार बाडी, स्वप्नेर दिशारी’ परियोजनामार्फत् पक्का घर निर्माण गरिदिने सिलगढी नगरनिगमको पहल

सिलगढी : केन्द्र सरकारको हाउजिङ फर अल परियोजना मार्फत् बाङ्ग्लार बाडी, स्वप्नेर दिशारीअर्थात् बङ्गालको घर, सपनाको मार्गदर्शक लागू गर्ने सिलगढी नगरनिगमले पहल गरेको छ। उक्त परियोजना मार्फत् राज्य सरकारले गरिब मानिसहरूलाई पक्का घर निर्माण गरिदिने भएको छ। यस विषयलाई लिएर आज सिलगढीको बाघाजतीन पार्कमा एउटा सभाको आयोजना गरियो। सभामा साधारण मानिसहरू उक्त परियोजनाबाट वञ्चित नरहोस् भन्ने विषयमा व्यापक चर्चा परिचर्च गरियो। उक्त सभामा सुडा संस्थाका अधिकारी तथा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्यहरू उपस्थित थिए। यस अवसरमा प्रशासक गौतम देवले भने, हालसम्म नगरपालिकाको मोठ 1482 जना मानिसहरूलाई उक्त परियोजनामा अन्तर्भुक्त गरिएको छ भने यसको लागि मोठ 12 करोड 74 लाख 99 हजार रुपियाँ खर्च भइसकेको छ। आगामी दिनमा सबैलाई जमिनको पट्टा प्रदान गरेर उक्त परियोजना मार्फत् पक्का घर बनाइदिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *