बाङ्लार गर्व ममता कार्यसूची पालन गरे पर्यटनमन्त्री गौतम देवले

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार तृणमूल कांग्रेसका मन्त्री एवम् विधायकहरूले बाङ्लार गर्व ममता कार्यसूची शुरू गरेको छ। यसैक्रममा सिलगढीमा पनि राज्यका पर्यटन मन्त्री गौतम देवले आज आफ्ना पार्टीका समर्थकहरूसित बाङ्लार गर्व ममता कार्यसूची पालन गरे। यस अवसरमा तृणमूल कांग्रेसका नेता तथा कर्मीहरू पनि उपस्थित थिए। यसबाहेक, उत्तर बङ्गालका विभिन्न जिल्लामा पनि उक्त कार्यसूची पालन गरियो। नाटाबारी विधानसभा केन्द्रको तुफानगञ्ज कम्युनिटी हलमा उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषले पनि उक्त कार्यसूची पालन गरे। यसको साथै आज राजगञ्जका विधायक खगेश्वर रायले पनि एउटा कर्मी सभाको माध्यमद्वारा बाङ्लार गर्व ममता कार्यसूची पालन गरे। बेलाकोवाको हरिमन्दिरमा कर्मी सभामा विधायक खगेश्वर रायले आफ्ना पार्टीका अन्य कर्मीहरूलाई उक्त 75 दिनको कार्यसूचीबारे जानकारी गराउँदै यहाँको प्रत्येक घर-घरमा गएर जन सम्पर्क कार्यसूची पालन गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.