वाणीश्री कल्याण समितिद्वारा वृद्धाश्रमलाई सहयोग

खरसाङ: आकाशवाणी खरसाङका अस्थायी उद्घोषक उदघोषिकाहरूको समूह वाणीश्री कल्याण समितिले खरसाङको खहरेमा रहेको वृद्धाश्रममा सहयोग गर्यो। उक्त वाणीश्री कल्याण समितिद्वारा खरसाङको खहरेस्थित वृद्ध आश्रमलाई राशन पानी, पेय पदार्थहरू, अण्डा, विस्कुट, साग सब्जीहरू लगायत नगद राशि 10 हजार 8 सय रुपियाँ पनि वृद्धआश्रमको सञ्चालिकालाई प्रदान गर्यो। आकाशवाणी खरसाङमा कार्यरत् उदघोषक उदघोषिकाहरूको समूह वाणीश्री कल्याण समितिले गत 15 वर्ष अघिदेखि गठन भएपछि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। वाणीश्रीद्वारा खहरेमा रहेको सहयोगी हातद्वारा सञ्चालित वृद्ध आश्रमको वृद्ध- वृद्धाहरूसित समय बिताउँदै केही सहयोग पनि गरेका छन्। यस कार्य विषयमा वाणीश्री कल्याण समितिका सभापति विश्व सुब्बा, उप सभापति प्रतिमा प्रधान र सचिव इसारा तामाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *