वन जङ्गल संरक्षण गरौँ भन्ने विधायक रूदेन लेप्चाको आह्वान

कालेबुङ: वन विभागको आयोजनामा आज 14 जुलाई वन महोत्सव कार्यक्रम कालेबुङ बीटी कलेज ग्राउन्ड परिसरमा सम्पन्न गरियो। उक्त कार्यक्रममा कालेबुङ जिल्लाका जिल्लापाल,महकुमा अधिकारी, जिल्ला पुलिस एसपी, डीएफओ, कालेबुङ विधानसभा क्षेत्रका विधायक रूदेन सादा लेप्चा, वन विभागका पदाधिकारीहरू लगायत अन्य उपस्थित थिए। यस कार्यक्रम अवधि उपस्थित अतिथिहरूद्वारा विभिन्न प्रजातिका रूखका विरूवा पनि रोपियो भने प्लान्ट एम्बुलेन्सको पनि शुरुवात गरिएको छ, जसले जिल्लाभरि महिनाव्यापी वन संरक्षणको सन्देश दिएर घुम्ने भएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै कालेबुङ क्षेत्रका विधायक रूदेन सादा लेप्चाले भने, हामी धेरै रूखपातको ठाउँमा छौँ। यो हाम्रो अहोभाग्य हो हामी जङ्गलसँग नजिकमा छौँ। हामी सबैले जङ्गल संरक्षण गरौँ भन्ने पनि आह्वान गर्दछु। यसले हाम्रो स्वास्थलाई पनि सकारात्मक प्रभाव पार्दछ। तिनले एकजना जनप्रतिनिधिको हैसियतले सबैलाई आज वन महोत्सवको उपलक्ष्यमा वन जङ्गल संरक्षण गरौँ भन्दै आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *