वन कर्मीद्वारा भिन्ना-भिन्नै ठाउँबाट चोरीको काठ उद्धार

वीरपाडा : वन विभागको दलगाउँ रेञ्जका वनकर्मीहरूले आज वीरपाडा दलमोड गारो बस्ती इलाकामा अभियान चलाएर अवैध काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा वन विभागको दलगाउँ रेञ्जका वनकर्मीहरूले आज वीरपाडा दलमोड गारो बस्ती इलाकामा अभियान चलाएर अवैध काठ बोकेको एउटा वाहनलाई रोकेर छानबीन गर्दा लगभग 25 सीएफटी काठ उद्धार गरेको बताइएको छ। अर्कोतिर, वन विभागको पाना रेञ्जका वनकर्मीहरूले कालचिनी ब्लकको साताली नाकाडाला इलाका अभियान चलाएर चोरी गरेको काठ उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *