ब्याङ्कको एटीएम कर्मचारीहरूले निकाले सिलगढीमा ऱ्याली

सिलगढी: वेतन लगायत अन्य विभिन्न मागलाई लिएर राज्य सरकार अनुमोदित ब्याङ्कको एटीएम कर्मचारीहरूले आज सिलगढीमा एउटा ऱ्याली निकाले। उक्त ऱ्याली सिलगढीको बाघाजतिन पार्क परिसरबाट सुरू भएर सहरको विभिन्न पथहरूको परिक्रमा गऱ्यो। यस अवसरमा ब्याङ्कका एटीएम कर्मचारीहरूले बताए अनुसार आफुहरूलाई कुनै प्रकारको जानकारी नदिइ ब्याङ्कको तर्फबाट रूपियाँ काटिरहेको छ । यसबारे ब्याङ्क प्रबन्धन पक्षलाई जानकारी गराए तापनि कुनै प्रकारको समाधान नभएको कर्मचारीहरूको आरोप रहेको छ। वेतनमा कटौती लगायत अन्य मागलाई लिएर नै राज्य सरकार अनुमोदित ब्याङ्कको एटीएम कर्मचारीहरूले आज सिलगढीमा एउटा ऱ्याली निकालेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *