ब्याङ्कमा किस्तीको पैसा बुझाउन गएको गृहिणी लापता, पुलिस थानामा मददको लागि गुहार

राजगञ्ज (निसं): ब्याङ्कमा किस्तीको पैसा बुझाउन गएको गृहिणी लापता भएको घटना प्रकाशमा आएको छ। परिवार पक्षले पुलिससित मददको लागि गुहार लगाएको छ। पारिवारिक सूत्र अनुसार, राजगञ्जको शिकारपुर ग्राम पञ्चायतको पनाशगुढी गाउँको अलेश्वर रायकी पत्नी गत 27 मईदेखि लापता छन्। तिनका एकजना छोरा अनि एकजना छोरी छन्। तिनीहरू सिलगढीमा बस्छन्। छोरी मामाको घरमा बस्छन् भने पति-पत्नी एकैसाथ घरमा बस्थे। गत 27 मई अपरान्ह पत्नी ब्यूटी राय नजिकैको गेट बजारस्थित एउटा निजी ब्याङ्कमा किस्तीको पैसा बुझाउन गएकी थिइन्। यसपछि तिनको कुनै सुइँको थाहा लागेको छैन। परिवारका सदस्यहरूले धेरै ठाउँमा खोजी गरे तापनि हालसम्म तिनको कुनै पत्तो लागेको छैन। यसपछि बेलाकोबा पुलिस थानामा गृहणी हराएको अभियोग दर्ता गरेको छ। घटनाबारे पति अलेश्वर रायले भने, पत्नी 27 मईको दिन ब्याङ्कमा किस्तीको रुपियाँ जमा गर्न घरबाट निस्किएका थिए। त्यहीं दिनदेखि पत्नी हालसम्म निखोज छन्। यसबारे पुलिस थानामा अभियोग दर्ता गरिएको छ। यसको साथै तिनले सबैसित सहयोगको लागि अपिल गरेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes