ब्याङ्क तथा सुरक्षा एजेन्सीहरूसित सिलगढी पुलिसको बैठक

सिलगढी : विभिन्न ब्याङ्क तथा सुरक्षा एजेन्सीहरूलाई लिएर सिलगढी पुलिस कमिश्नरेटका पुलिस अधिकारीहरूले आज एउटा बैठक गरे। सिलगढीको मल्लागढी कमिश्नरेट कार्यालयमा सबै थानाका आईसी, ओसीहरूको उपस्थितिमा एउटा बैठक गरियो। उक्त बैठकमा विभिन्न जोनका डीसीपी र एसीपीहरू उपस्थित थिए। बैठकमा विशेष गरेर ब्याङ्कहरूको सुरक्षा व्यवस्था अझ बढाउने विषयलाई लिएर व्यापक चर्चा परिचर्चा गरियो। सबै ब्याङ्कहरूमा सीसीटीभी क्यामारा लगाउने बैठकमा निर्देश दिइयो। केही ब्याङ्कहरूमा सीसीटीभी क्यामारा लगायत सुरक्षा गार्डको व्यवस्था नगरिएकोले पुलिस अधिकारीहरूले यसलाई लिएर असन्तोष व्यक्त गरे। ब्याङ्क तथा सुरक्षा एजेन्सीहरूलाई अलार्म सिस्टम लगायत विभिन्न सुरक्षा व्यवस्थाको दिनहुँ निरीक्षण गर्ने निर्देश दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *