वन महोत्सव कार्यक्रमको उपलक्ष्यमा रुखका विरुवाहरू वितरण

सिलगढी: प्रत्येक वर्ष 14 जुलाईदेखि 20 जुलाईसम्म राज्यभरिमै वन महोत्सव कार्यक्रम पालन गर्ने गरिन्छ। यसै कार्यक्रम अन्तर्गत पश्चिमबंग राज्य सरकारी फेडरेसन एवम् अरण्य शाखा दार्जिलिङ जिल्ला समतलको पक्षबाट आज 1 हजार रुखका विरुवाहरू वितरण गरियो। अरण्य शाखाका सदस्यहरूले आज सडकमा आवत-जावत गर्ने मानिसहरूले रुखका विरुवाहरू वितरण गरे। यस सम्बन्धमा संगठनका सचिव अशोक ब्यानर्जीले भने, वन महोत्सवको उपलक्ष्यमा आज मानिसहरूलाई 1 हजार रुखका विरुवाहरू वितरण गर्नको साथै यी विरुवाहरूको संरक्षण गर्ने अपील पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *