वन मन्त्री राजीव ब्यानर्जीद्वारा सालुगढामा हर्बल पार्कको उद्घाटन

सिलगढी :  सालुगढा हार्बल पार्कमा औषधीय उद्भिदको खेती शुरू गरेको छ। वन मन्त्री राजीव ब्यानर्जीले आज आधिकारिक रूपमा सालुगढामा हर्बल पार्कको उद्घाटन गरे। प्राप्त जानकारी अनुसार उक्त पार्कमा विभिन्न प्रकारको औषधीय उद्भिद लगाइने भएको छ। वन मन्त्री राजीव ब्यानर्जीले आज उद्घाटन गरेपछि यहाँको हर्बल पार्कमा रुखको विरुवा पनि रोपे। यसको साथै तिनले उत्तर बंगालको ल्याबको पनि प्रदर्शन गरे। आज सिलगढीको आधिकारिक भ्रमण अवधि तिनले सालुगढा बिट कार्यालयको विधिवत् उद्घाटन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *