बन्सल कम्पनी अधिनस्थ कमानहरूको समस्याबारे आज राज्यको श्रम मन्त्रीसित बैठक

सिलगढी: बन्सल कम्पनी अधिनस्थ 10 वटा चिया बगानको समस्यालाई लिएर आज कोलकातामा श्रम मन्त्री बेञ्चाराम मन्नासँग एउटा बैठक हुने भएको छ। चिया श्रमिकहरूको पक्षमा तिनीहरूको समस्याको स्थायी समाधान हुनुपर्ने माग लिएर बैठकमा सहभागी बन्न कोलकाता पुगिसकेका गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसेन लेबर युनियन-का अध्यक्ष सुरज सुब्बाले एउटा भिडियो जारी गरेर आजको बैठक बिषयमा जानकारी गराएका छन्। कोलकाता पुगेको प्रतिनिधि टोलीमा श्रमिक संगठन डीटीडीपीएलयु अध्यक्ष सुरज सुब्बा लगायत सचिव मिलन प्रधान, केन्द्रिय सदस्य राजेन गुरुङ, राम प्रधान आदि सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *