वन्यजीवहरूको असमायिक मृत्युलाई रोक्न राष्ट्रिय राजमार्गमा लगाइयो रोड स्टड र स्पीड ब्रेकर

नगराकट्टा : सडक दुर्घटना तथा वन्यजीवहरूको असमायिक मृत्युलाई रोक्ने उद्देश्य लिएर चालसा-नगराकट्टा 31 सी नम्बर राष्ट्रिय राजमार्गमा रोड स्टड र स्पीड ब्रेकर लगाइएको छ। यसलाई लिएर परिवेशप्रेमी तथा अन्य मानिसहरू धेरै खुशी देखिन्छन्। स्मरण रहोस्, चापरामारी जङ्गल संलग्न चालसा-नगराकट्टागामी 31 नम्बर राष्ट्रिय राजमार्गमा प्रायःजसो दुर्घटना हुने गर्दछ। यहाँ कुनै वाहनको चपेटमा परेर वन्यजीवहरू घाइते हुने गरेको अथवा असमायिक मृत्यु हुने गरेकोले गर्दा राष्ट्रिय सड़क प्राधिकरणको तर्फबाट उक्त पहल गरिएको हो। चालसाका परिवेशप्रेमी मानबेन्द्र दे सरकारले उक्त सड़कमा वाहनको धक्का लागेर धेरैवटा वन्यजीवहरूको मृत्यु भइसकेको छ। धेरै समय अघिदेखि आफूहरूले उक्त सड़क भएर यात्रायात गर्ने वाहनहरूलाई गति नियन्त्रण गर्ने माग गरिरहेको साथै यसबारे वाहन चालकहरूलाई जागरूक समेत गराइसकेको बताउँदै राष्ट्रिय सड़क प्राधिकरणको उक्त पहलको सराहना गर्दछु भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *