वन्य प्राणीहरूको सिकार गरेको आरोपमा आग्नेयास्त्रहरू सहित व्यक्ति पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको डाबग्राम रेञ्जका वन कर्मीहरूले अभियान चलाएर आग्नेयास्त्र सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति अञ्जन मिश्राको रूपमा चिन्हित गरिएको छ। घटनाक्रमअनुसार केही दिन अघि वन कर्मीहरूले सिलगढी संलग्न नेपाली बस्ती इलाकाबाट आग्नेयास्त्र, धनुकाँड, मयुर र कछुवाको खपेटा सहित कृष्ण छेत्री नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको थियो। विभिन्न जङ्गलबाट वन्य प्राणीहरूको सिकार गरेर त्यसको काँचो मासु बजार लगायत अन्यत्र बिक्री गर्ने गरेको पक्रा परेका व्यक्ति विरुद्ध आरोप रहेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका आरोपी कृष्ण छेत्रीसित सोधखोज गर्दा अञ्जन मिश्रा लगायत अन्य 2 जनाको नाम अघि आएको थियो। यसपछि वन विभागले गत अबेर राति 3 वटा भिन्ना-भिन्नै ठाउँमा अभियान चलाएर खोलाचन्द फाप्रीबाट अञ्जन मिश्रालाई पक्राउ गरेको छ भने अन्य दुईजनालाई पक्राउ गरिएको छैन। पक्रा परेका व्यक्तिबाट 2 वटा आग्नेयास्त्र, आलेकजेन्ड्रिया प्याराकिट प्रजातिको एउटा सुगा पनि वन विभागले उद्धार गरेको छ। पक्रा परेका आरोपीसित सोधखोज गर्दा उक्त घटनामा संलग्न रहेका अझ अन्य व्यक्तिको नाम अघि आएको छ। आगामी दिनमा फेरि यस प्रकारको अभियान चलाउने वन विभागका अधिकारीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *