वन्य प्राणीहरूलाई करेन्ट लागेर मर्नबाट बचाउनको लागि एकदिने सचेतनता शिविर सम्पन्न

राजगञ्ज : विशेष गरेर जङ्गली जनावरहरू हात्ती लगायत अन्य वन्य प्राणीहरू बिजुलीको करेन्ट लागेर मर्ने गरेकोले यसलाई रोक्ने उद्देश्य लिएर आज वन विभागको पहलमा राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको आमबारी फालाकाटा विश्व बाङ्ग्ला कम्युनिटी हलमा सचेतनता शिविरको आयोजना गरियो। वन सुरक्षा कमिटीका सदस्यहरूले वनाञ्चल इलाकाका मानिसहरूलाई सचेतन गराउनको साथै उक्त पहलको लागि अघि आउने आह्वान गरे। उक्त सचेतनता शिविरमा बैकुण्ठपुर डिभिजनका अधिकारी मञ्जुला तिर्की, पञ्चायत समितिको वन तथा वन्यभूमि प्रमुख मोशारफ हुसेन, विद्युत विभागका अधिकारी सौम्यदीप गाङ्गुली, बिन्नागढी ग्राम पञ्चायतका प्रधान शशी चन्द्र बर्मन लगायत अन्य उपस्थित थिए। यस अवसरमा अधिकारीहरूले भने, वन संलग्न इलाकाका मानिसहरूले हात्ती तथा अन्य प्राणीबाट तिनीहरूको फसल बचाउने उद्देश्यले विदयुत तारको बार लगाउने गर्दछन् भने यसकै चपेटमा परेर वन्य प्राणीहरू मर्ने गर्दछ। यसै विषयलाई लिएर मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर आज एकदिने सचेतनता शिविरको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *