वन्य प्राणीको शरीरको अंश सहित दुईजना तस्कर पक्राउ

जलपाईगढी : गोरूमारा वन्य प्राणी विभागले वन्य प्राणीको शरीरको अंश सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरू अलिपुरद्वार जिल्लाको कालचिनी निवासी क्रमैले सञ्जय सिंह र सिकिन्दार ग्वाला सामेल छन्। गोप्य सूचनाको अधारमा गोरूमारा वन्य प्राणी विभागका वन्य कर्मीहरूले बिन्नागढीको तेलीपाडाबाट वन्य प्राणीको शरीरको अंश सहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना तस्करलाई आज जलपाईगढी अदालतमा पेश गरियो। यस सम्बन्धमा गोरूमारा वन्य प्राणी विभागका डीएफओ अंशु यादवले बताएअनुसार वन्य प्राणीको शरीरको अंश तस्करी गरिरहेको आफूहरूले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर वन्य प्राणीको शरीरको अंश सहित दुईजना तस्करलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *