बड़ा पूबोङ चियाबारीमा लगाइयो कोरोनाको खोप

तकदाह : तकदाह टिष्टा भेल्ली समष्टि अधिनिस्थ बड़ा पूमोङ चियाबारी शाखा वरिपरिका गाउँका मानिसहरूलाई कोरोना भ्याक्सिनको दोस्रो खोप लगाइयो भने 15 वर्षदेखि माथिकाहरूलाई पनि पहिलो खोप अनि बुस्टर डोज लगाइएको जानकारी प्राप्त भएको छ। केन्द्रीय समिति युवा शक्ति सहसचिव अतीत गुरूङ र श्रमिक संगठन जोन अध्यक्ष आरके गुरूङ, समष्टि सहसचिव ललित राईको पहलमा आज उक्त पहल गरिएको हो। केन्द्रीय समिति युवा शक्ति सहसचिव अतित गुरूङले आगमी दिनमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सधैँ जनताको सेवामा कार्य गरिरहने बताए। उक्त कार्यको लागि पूमोङको जनताले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा, आरआर बल्क बीडीओ, हेल्थ कर्मचारीहरू, बाँसधुरा मानव कल्याण संगठन, फ्रेण्डसिप स्वनिर्भर दल सबैलाई धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *