वर्द्धवान रेलवे स्टेशनको एउटा भाग भत्किँदा एकजनाको मृत्यु

कोलकाता : पश्चिम बङ्गालको वर्द्धवान रेलवे स्टेशनको एउटा भाग शनिबार राति अचानक भत्केर झर्दा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। घाइतेहरूलाई वर्द्धवान मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल तिनीहरू उपचाराधीन अवस्थामा छन्। रेलवे विभागले दिएको जानकारीअनुसार वर्द्धवान रेलवे स्टेशनको प्रवेशद्वारको एउटा भाग भत्किँदा उक्त घटना घटेको हो। रेलवे पुलिस मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *