बारीभाषा भीआईपी रोडको मरमति कार्य आजदेखि शुरू, स्थानीय मानिसहरू खुसी

सिलगढी : अन्ततः बारीभाषा भीआईपी रोडको मरमति कार्य आजदेखि शुरू भएको छ। धेरै दिन अघिदेखि बारीभाषा भीआईपी रोड बेहाल अवस्थामा रहेको साथै सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डोहरू भएकोले वर्षाको समयमा त्यहाँ पानी जम्ने गरेकोले समय-समय सडक दुर्घटनाहरू हुने गर्दछ। उक्त सडकको मरमति गरिनुपर्ने मागमा स्थानीय मानिसहरूले पथ अवरोध गरेका थिए। डाबग्राम फुलबारी तृणमूल कङ्ग्रेस ब्लक सभापति सागर महन्तले यसबारे थाहा पाएपछि तिनले एसजेडीए चेयरम्यानलाई सडकको अवस्थाबारे अवगत गराए। यसपछि आजदेखि उक्त सडकको मरमतिको कार्य शुरू गरिएको छ। सडक मरमतिको कार्य शुरू भएपछि स्थानीय मानिसहरू निक्कै खुसी छन्। यस सम्बन्धमा डाबग्राम फुलबारी ब्लक तृणमूल सभापति सागर महन्तले बताएअनुसार बारीभाषा भीआईपी रोड महत्वपूर्ण सडक हो। उत्तर पूर्व भारतको मुख्य रेलवे स्टेसन एनजेपीका यात्रीहरू यहीँ सडक भएर यातायात गर्ने गर्दछन्। सडकको बेहाल अवस्थाबारे एसजेडीए चेयरम्यानलाई अवगत गराएपछि आजदेखि यसको मरमतिको कार्य शुरू गरिएको छ। यसको साथै उक्त सडकको दुवै किनारमा ड्रेन लगायत नयाँ रूपमा सडकको निर्माण कार्यको अनुमोदन गरिएकोले वर्षापछि चाँडै यसको कार्य शुरू गरिने तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *