बारीभाषा भीआईपी रोड मरमति गरिनेछ : चेयरम्यान सौरभ चक्रवर्ती

सिलगढी (निसं): बारीभाषा भीआईपी रोड अन्ततः मरमति हुने भएको छ। राज्य सरकारले सडकको नविनीकरणको लागि सिलगढी-जलपाईगढी विकास प्राधिकरणलाई पहिला नै धन आवन्टित गरिदिएको छ। एसजेडीएका चेयरम्यान सौरभ चक्रवर्तीले आज सिलगढी पीडब्ल्युडी इन्सपेक्शन बङ्ग्लोमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। यस सम्बन्धमा चेयरम्यान सौरभ चक्रवर्तीले भने, राज्य सरकारले पहिला नै सिलगढी सहर तथा यसको छेउछाउका इलाकाहरूको विकासको लागि 21 करोड रुपियाँ आवन्टित गरिएको छ। यसमा डाबग्राम फुलबारी विधानसभा क्षेत्रको जाबराभिटा अन्डरपासदेखि भावेश पेट्रोल पम्पसम्म सडकको निर्माण गरिनेछ। यसको लागि 97 लाख रुपियाँ आवन्टित गरिएको छ। यसबाहेक सिलगढी नगरनिगमको 36, 39, 40, 42 सहित विभिन्न वार्डहरूमा केही सडकहरूको नविनीकरण गरिने भएको छ। यसको साथै जनवरी महिनामा केही सडकहरूको उद्घाटन पनि गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *