बारीभाषा भीआईपी रोडको मरमति कार्य शुरू, इलाकावासीमा खुसीको लहर

सिलगढी : धेरै दिन अघिदेखि बारीभाषा भीआईपी रोड बेहाल अवस्थामा रहेकोले प्रायःजसो दुर्घटना हुने गर्दछ। यसैले चाँडै उक्त सडकको मरमति गरिनुपर्ने माग गर्दै स्थानीय मानिसहरूले आन्दोलन गर्दै आइरहेका छन्। स्थानीय मानिसहरूको मागलाई पुरा गर्दै बारीभाषा भीआईपी रोडको मरमति कार्य शुरू भएकोले स्थानीय मानिसहरूले राहतको श्वास फेरेका छन्। आज साँझ सिलगढी जलपाईगढी विकास परिषदका चेयरम्यान सौरभ चक्रवर्ती उक्त इलाकामा पुगेर स्थानीय मानिसहरूसित कुराकानी गरे। यस अवसरमा एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, हाल सडकको मरमति कार्य गरेर सडकलाई आवतजावत गर्न सकिने बनाउनेछौँ। पछि यसको पुनर्निर्माण गरिने छ। यसको साथै सडकको दुवै किनारमा नाली बनाउने काम पनि गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *