बाढीले मिरिक बुङकुलुङ र देवरालीका मानिसहरू समस्यामा

मिरिक : बुङकुलुङ बस्तीवासी आज बिहानदेखि लगातार परेको मुसलधारे वर्षाको कारण बुङकुलुङ खोलामा आएको बाढीले गर्दा इलाकावासीहरू आतङ्कित बनेका छन्। देवराली वस्ती र बुङकुलुङलाई जोड्ने एकमात्र बाँसको पुल पनि बाढीले बगाएर लगेपछि स्थानीय मानिसहरू निक्कै समस्यामा परेको स्थानीय एनबी लिम्बुले बताए। तिनले दिएको जानकारी अनुसार बुङकुलुङ वस्तीमा जाने सम्पूर्ण खानेपानीका पाइपहरू समेत बाढीले भत्काइदिएकोले गर्दा वस्तीमा पिउने पानीको सङ्कट देखा परेको छ। यसको साथै बाढको पानी  खेतबारीमा पस्ने सम्भावना बढेकोले स्थानीय बुङकुलुङवासी अनि देवराली वस्तीका युवाहरूले बाढी खेतीभित्र नपसोस भनेर खोला फर्काउने कार्य जारी राखेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *