वरिष्ठ नागरिक संगठनद्वारा सन्तकुमार दर्जीको स्मृतिमा चौताराको उद्घाटन

खरसाङ : वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको दिवङ्गत सदस्य सन्तकुमार दर्जीको पुण्यतिथिमा तिनका सुपुत्र सफर दर्नालले आफ्नो स्व. पिताको नाममा निर्माण गरेको चौताराको आज विधिवत् उद्घाटन गरियो। उक्त  चौतारोको उद्घाटन कार्यक्रममा वरिष्ठ नागरिक कल्याण संगठनका सभापति, सचिव तथा सदस्यहरू उपस्थित थिए। सचिव मदन प्रधानको बाहुलीबाट उक्त  चौताराको विधिपूर्वक उद्‍घाटन गरियो। दर्नाल परिवारलाई वरिष्ठ नागरिक कल्याण संगठनको अध्यक्ष दीपक प्रधानले खदा माला अर्पण गरेर परिवारप्रति आभार प्रकट गरे। यस अवसरमा परिवार पक्षद्वारा संगठनलाई डायस प्रदान गरेको हुनाले संगठनले कृतज्ञता पत्र पठन गरेर परिवारलाई सुम्पे। परिवार पक्षले पनि स्व. पिताको एउटा फोटो फ्रेम संगठनका कार्यालयमा राख्नको निम्ति प्रदान गरे। कार्यक्रममा संगठनका सदस्यहरू उपाध्यक्ष गान्धी मोक्तान, संरक्षक पूर्ण मास्के, तिलक छेत्री, गणेश छेत्री अनि अतिथिमा उत्तम गिरी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *